कति सहज छ सत्ता गठबन्धनमा सिट बाँडफाँड ?

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचन घोषणासँगै दलहरु आन्तरिक र गठबन्धनको तयारीमा व्यस्त छन् ।

सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनाएको कार्यदलले तीन आधार तय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा सिट बाँडफाँडका तीन आधार तय गर्दै सोही अनुसार भागबण्डा गर्ने सहमति गरेको हो ।

सत्ता गठबन्धनले सिट बाँडफाँडका लागि तय गरेका आधारः–
१.प्रत्यक्ष निर्वाचनमा पाएको मत र जितेको सिट संख्या
२. समानुपातिक प्रणालीमा पाएको मत
३. शीर्ष र प्रभावशाली नेताहरुलाई जिताउने

तीन दलबीचको सहमति हेर्दा प्रत्यक्षमा जितेको सिट र मत, समानुपातिक मत र शीर्ष नेतालाई जसरी पनि जिताउने योजना देखिन्छ ।

यसको उद्देश्य आगामी संसदमा सत्ता गठबन्धनका पाँच जना शीर्ष नेतालाई जसरी पनि जिताएर ल्याउने देखिन्छ । सत्ता गठबन्धनका पाँच दल गठबन्धन गरेर जान तयार भइसकेका छन् ।

गठबन्धनमा सिट बाँडफाँडको मुद्दा भने पेचिलो बन्ने देखिन्छ । सिट बाँडफाँडको सैद्धान्तिक सहमति भए पनि व्यक्तिका प्रभाव, निर्वाचन लड्ने आकांक्षा, आफूले टिकट नपाए विद्रोह वा असहयोगजस्ता कुराले भने गठबन्धनलाई प्रभाव पार्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?