सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलमा छलफल हुँदै

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको सत्ता?ढ गठबन्धनको कार्यदलको बैठक बस्दैछ ।

सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको बैठक दोस्रो पटक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्नेछ ।

सत्ता?ढ गठबन्धनले सिट बाँडफाँडका लागि नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको संयोजगत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलको पहिलो बैठकमा देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन एकसाथ गर्नेगरी समझदारी बनेको थियो । आजको बैठकमा सिट संख्याको विषयमा छलफल हुने बताइएको छ ।

दलहरुबीच सिट बाँडफाँडमा लचक हुने सहमति भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?