भीषण वर्षापछिको पहिरोले दोलखाको विगुमा बस्ती जोखिममा

भीषण वर्षापछिको पहिरोले दोलखाको विगु गाउँपालिका–४ मा पहिरो जाँदा केही घर पुरिएका छन् ।

बुधबारदेखि परेको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारमा रहेका केही घर पुरिएका हुन् । पहिरोका कारण सो क्षेत्रको बस्ती नै जोखिममा परेको प्रहरीले जनाएको छ ।

पहिरो प्रभावितहरुको उद्दारमा प्रहरी र जनप्रतिनिधिहरु जुटेका छन् । अहिलेसम्म ४÷५ घर क्षत–विक्षत भएका छन् भने पूरै बस्ती जोखिममा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?