सप्तरीमा गएराति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर ससुराबुहारीका मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र उनकी २० वर्षीया बुहारी अन्जली सरदार छन् ।

सात महिनाकी गर्भवती अन्जलीलाई आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको थियो । बुहारीलाई करेन्ट लागेपछि छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेपछि दुवै जनाको मृत्यु भएको हो ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा करेन्ट लागेर ५६ वर्षीय शिवशंकर साहको मृत्यु भएको छ । घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।