बस्तीमा पस्यो सप्तकोशीको भंगालो, १००० परिवार प्रभावित हुने

सप्तकोशी नदीको एउटा भंगालो उदयपुरका बस्तीमा प्रवेश गरेको छ ।

आज बिहान ४ बजेदेखि नदीको एउटा भंगालो बेलका नगरपालिकाको डुम्रेबाट बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

सप्तकोशीको सो भंगालोलाई रोक्न कोशिस गरेपछि आज बिहानैदेखि डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु–चिलिया बस्तीतिर पसेको हो ।

सो भंगालोबाट एक हजार परिवार प्रभावित हुनसक्ने भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोलीले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?