नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराधमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
ललितपुर जिल्ला अदालतले सोमबार जारी गरेको पक्राउ पुर्जीमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।
२०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै ललितपुर जिल्ला अदालतले सो समयमा उपस्थित नभएमा मुलुकी फौजदारी संहिता २०७४ को ६५ बमोजिम हुने जनाएको छ ।
