फेरि जनार्दन शर्मा नै अर्थमन्त्री, आजै शपथ

जनार्दन शर्मा पुनः अर्थमन्त्री हुने भएका छन् । गत असार २२ गते बजेटमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न संसदीय समिति बनेपछि उनले राजीनामा दिएका थिए ।

तर शुक्रबार उनी निर्दोष रहेको प्रतिवेदन आएपछि पुनः शर्मा नै अर्थमन्त्री बन्ने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

शर्माले आजै पद तथा गोपनियताको शपथ गर्ने तयारी छ । यसअघि उनले आफू पुनः अर्थमन्त्री नबन्ने बताएका थिए । तर प्रचण्ड र देउवा दुवैको आग्रहमा उनी पुनः मन्त्री हुन तयार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?