उपत्यकामा मोनोरेल निर्माण गर्न प्रस्ताव पेस

चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा मोनोरेल (सडक माथि गुड्ने रेल) निर्माण गर्न प्रस्ताव पेस गरेको छ ।

चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौं उपत्यकाको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गर्ने प्रस्ताव गरेको जानकारी महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले बताउनुभयो ।

‘चक्रपथको २७ दशमलव २ किलोमिटर सडकमा दुई वर्षभित्र मोनोरेल गुडाउने योजना सहित सीआरसीसीले पेस गरेको प्रस्ताव माथि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायत पदाधिकारीले छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

चिनियाँ कम्पनीले पहिलो चरणमा प्रस्तावमा मोनोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने प्रस्तावमा गरेको छ ।

अध्ययन सकिएपछि कम्पनीले निर्माण थाल्ने प्रस्ताव समेत गरेको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्रयाक र आठ वटा पुल बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?