जिमेलमा महत्त्वपूर्ण परिवर्तन, अब पठाएका इमेल आफैं डिलिट हुने

विश्वको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेल अब नयाँ प्रारुपमा देखिनेछ । गुगलले आफ्नो इमेल सर्भिसमा स्नूजिङ, कन्फिडेन्सल मोड तथा टू फ्याक्टर अथेन्टिकेसन जस्ता नयाँ फिचर्स थप गरेको छ ।

त्यसका साथै वेबपेजमा जिमेलको डिजाइनमा पनि पूर्ण रुपमा परिवर्तन गरिएको छ । नयाँ जिमेल बुधबारबाट प्रयोगकर्तालाई क्रमशः उपलब्ध गराउन थालिएको छ । सन् २०११ जिमेलमा भएको यो महत्त्वपूर्ण परिवर्तन मानिएको छ ।

गुगलका अनुसार नयाँ फिचर्स अन्तर्गत जिमेलमा अब स्मार्ट असिस्टेन्ट फिचर्स जस्तै मेसेजका लागि suggested replies तथा जवाफ दिन बिर्सिएका इमेलका लागि लगमनभक को विकल्प राखिएको छ । साथै कसैलाई प्रेषित जिमेलमा अटो डिलिट फिचर प्रयोग गर्न सकिनेछ, जस अनुसार तपाइँले कसैलाई पठाएको जिमेल निश्चित समयपछि आफै डिलिट हुनेछ ।

जिमेलका प्रडक्ट म्यानेजरले भनेका छन्, ‘यो हाम्रो फ्लागसीप प्रडक्टको नयाँ अवतार हो, जसलाई सबैभन्दा धेरै प्रयोग गरिएको छ ।’

यद्यपि, गुगलले जिमेलको यस नयाँ प्रारुप तयार गर्न भएको खर्चका बारेमा भने बताएको छैन ।

सेक्योरिटी र स्मार्ट

गुगलका अनुसार प्रयोगकर्ताले ९० दिनसम्म इमेललाई अफलाइन एक्सेस गर्ने सुविधा पाउनेछन् । यसका साथै मेसेज एक्सपाइरेसन फिचर पनि थप भएको छ ।

जो प्रयोगकर्ताले confidential अप्सन प्रयोग गरी कसैलाई इमेल पठाउँदा टाइम लिमिट सेट गर्न सक्दछन् । यस फिचरमा प्रयोगकर्ताले इमेल प्राप्त गर्नेहरुको संख्या पनि सिमित गर्न सक्दछन् । यस्तो इमेल पढ्नका लागि प्रापकले आफ्नो मोबाइलमा प्राप्त हुने वन टाइम पासकोड इन्ट्री गर्नुपर्दछ ।

Nudges का माध्यमबाट प्रयोगकर्तालाई कुनै इमेलको जवाफ दिन भुलिएको भए सम्झना गराइनेछ । अर्थात् कुनै जरुरी इमेलको जवाफ दिनैपर्नेछ भने प्रयोगकर्ताले रिमाइन्डर सेट गर्न सक्नेछन् ।

जिमेलको वेबसाइटमा अब गुगल क्यालेन्डरले पनि ठाउँ पाएको छ । साथै टास्क तथा नोट टूल पनि जिमेलकै पेजमा देखिनेछ ।

कसरी प्राप्त गर्ने नयाँ जिमेल ?

तपाइँले केही नयाँ फिचर्स सहितको जिमेल अब प्रयोग गर्न पाउनुहुनेछ । उल्लेखित कतिपय फिचर्स चाहीँ निकट भविष्यमै उपलब्ध हुने बताइएको छ ।

नयाँ फिचर्सयुक्त जिमेल प्राप्त गर्नका लागि सबैभन्दा पहिले जिमेलको वेबपेजमा रहेको Settings अप्सनमा जानुहोस् ।

त्यसको सबैभन्दा माथिल्लो भागमा रहेको Try the new Gmail अप्सनलाई रोज्नुहोस् ।

यदि तपाइँ पूरानै जिमेल प्रयोग गर्न चाहनुहुन्छ भने Settings मा गएर Go back to classic Gmail अप्सन छनोट गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?