पार्टी एकता तोकिएको मितिमा नभई अप्रत्यासित रुपमा ड्याम्मै हुने: प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख १४ गते पार्टी एकीकरणको नयाँ मिति घोषणा गरिने बताएका छन् ।

पार्टी एकता तोकिएको मितिमा नभई अप्रत्यासित रुपमा ड्याम्मै हुने बताएका अध्यक्ष प्रचण्डले मंगलबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै नयाँ मिति तोकिने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले मजदुर दिवसका दिनमा पार्टी एकता हुने संकेत गरे । उनले पार्टी एकीकरणमा कुनै जटिलता नभएको भन्दै दुई अध्यक्षको व्यस्तताले गर्दा एकीकरणमा ढिलाइ भएको स्पष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?