तपाईलाई आर्थिक संकटले सताएको छ ? राम नवमीका दिन यसो गर्नुहोस्

आर्थिक समस्याले सताएको छ ? रामनवमीका दिन गरिने शास्त्रीय उपायले आहतमा राहत प्राप्त हुने मान्यता छ । यो दिन सामान्य विधिविधानले तर मनैदेखि गरिने पूजा, प्रार्थना एवं उपायबाट अपार धन सम्पदा प्राप्त हुनसक्छ भन्ने हिन्दू लोकविश्वास छ ।

– रामनवमीका दिन भगवान् श्रीरामको सात्विक भावले पूजा अर्चना गर्ने ।

-यो दिन नयाँ घर, पसल अथवा व्यापारिक प्रतिष्ठानमा पूजा अर्चना गरेर प्रवेश गर्न सकिन्छ । साइत हेरिरहनु पर्दैन ।

-रामनवमीका दिन माता दुर्गाको नवौं स्वरूप सिद्धिदात्रीको उपासना गर्ने तथा शक्तिअनुसार माता दुर्गाको नाममा दीप प्रज्ज्वलन गर्ने ।

-गरिब गुरुवा एवं असहायहरूका लागि आफ्नो गच्छेले भ्याएसम्म दान दिने ।

-घरमा शिशुको जन्म हुँदा जस्तो उल्लास हुन्छ त्यसरी नै रामको जन्मोत्सव धूमधामले मनाउने ।

-यस दिन कुमारी कन्यालाई भोजन गराएर तथा उपहार प्रदान गरेर तृप्त पार्ने ।

-यो दिन कुनै पनि शुभ कार्यका लागि उत्तम एवं महत्वपूर्ण मानिन्छ ।

-रामनवमीका दिन रामरक्षास्तोत्र, राम मन्त्र, हनुमान चालीसा, बजरंग वाण, रामायणको सुन्दर काण्ड आदिको पाठ गर्नाले अक्षय पुण्य प्राप्त हुनुका साथै निरन्तर धनसम्पत्तिको वृद्धि हुने योग बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?