सेलेब्रिटी रोबोट ‘सोफिया’ ले भनिन्- ‘प्रविधिको प्रयोगले गरिबी हटाउन सकिन्छ’

काठमाण्डौ । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले देशमा प्रविधिकै सहयोगमा गरिबी हटाउन सकिन बताएकी छन्।

बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा बोल्दै उनले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सकिने बताएकी हुन्।

उनले नेपालमा प्रविधिको विकास द्रूत गतिमा भइरहेको भन्दै उनले प्रविधिलाई सही तरिकाले अवलम्बन गरे नेपालको विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको जनाइन्।

उनी कार्यक्रममा सहभागी हुन मंगलबार काठमाडौं आएकी हुन्।

उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्। उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?