प्रम केपी ओलीले दिए भारतलाई ठूलो झड्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण उत्तरी छिमेकी चीनबाट सुरु गर्ने भएका छन् ।

नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको विदेश भ्रमणको तयारी भइरहेको जानकारी दिए । ‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा हामी जुटिसकेका छौं, पहिलो भ्रमण चीनबाट हुनसक्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुन लागेको हो भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले ‘पहिला कुन देश जाने भन्नेबारे अहिले एकिन नभएको र भारतबाट पनि हुनसक्ने र चीनबाट पनि हुनसक्छ, जहाँबाट पनि हुनसक्छ, प्रधानमन्त्री र राष्ट्रपति दुवै जना विदेश भ्रमणमा जानुहुन्छ, तर अहिले भ्रमण तालिका निश्चित नभएको बताए ।

उनले भारत र चीन लगायत अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने विश्वास दिलाए ।

भारतले नेपालसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न खोजेको सन्देश दिइसकेकोले आफूहरु त्यसप्रति पूर्ण सकारात्मक रहेको ज्ञवालीको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?