काठमान्डौ । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् ।
आज दिउँसो २ बजेसम्मको समयसीमामा उनको मात्र एकल उम्मेदवारी परेकाले पुन निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उनको प्रस्तावकमा सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ छन् । समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेको छन् ।
उपराष्ट्रपतिमा पुनले दोहरिने इच्छा देखाएपछि माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको हो । निर्विरोध निर्वाचित भएको घोषणा भने भोलि मात्रै हुनेछ । राष्ट्रपतिमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपराष्ट्रपतिका लाागि भने उम्मेदवारी दिएन ।