जापानमा हुने नेवा: नसा नख:(नेवार फूड फेस्टिवल )मा नेवा: सुपर स्टार पुरस्कार घोषणा हुने

टोकियो । वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामी काइकान हलमा हुन लागेको पहिलो नेवा:नसा नख: (नेवार फूड फेस्टिवल ) ११३८ मा नेवा: सुपर स्टार पुरस्कार घोषणा हुने भएको छ ।

नेपाल भाषा कला – संस्कृति उत्थानका लागि प्रत्येक नयाँ वर्षमा एक आर्थिक सहयोग अभियान अन्तर्गत उक्त पुरस्कारको घोषणा हुन लागेको हो ।

नेवार सिने कलाकारहरुलाई प्रोत्साहन स्वरुप दिइने उक्त रकम एक मुस्ट एक लाख रुपैंयाको हुनेछ । प्रत्यक वर्ष एक जना नेवा:सुपर स्टार घोषणा गरि उक्त पुरस्कार दिईने छ ।

यस अभियानलाई सफल तुल्याउन संसार भरका सम्पूर्ण नेपालीहरुलाई आर्थिक सहयोग गर्न संस्थाका संयोजक सुनिल कुमार शाक्यले आव्हान गरेको छ ।

स्मरण रहोस नेपाल सम्बत ११३७ को उपलक्षमा नेपाल भाषा मचा सिरपा (नेपाल भाषा बाल पुरस्कार ) अन्तर्गत हाल सम्म १८ जनाको सहयोगले १८ लाख रुपैंया आर्थिक संकलन भई अक्षय कोष खडा भई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?