किन फैलिन्छ जाजरकोटमा मात्रै भाईरल ?

जाजरकोट स् जाजरकोटमा ६ महिनासम्मझाडापखाला फैलिँदा ३५० को ज्यान जानुका साथै ३० हजार बिरामी परे।

महामारी नियन्त्रण र सरसफाइका लागि राज्यकोषको २३ करोड रकम खर्च भयो । २०७२ चैतमा पनि ३ दर्जन गाउँमा स्वाइनफ्लुको प्रकोप फैलियो । २ महिनासम्म फैलिएको उक्त प्रकोपले १७ को मृत्यु भयो। ५ हजार बिरामी परे ।

यसपालि पुस पहिलो सातादेखि जुनीचाँदे गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। विकट जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोबाट १ हजार ५ सयभन्दा बढी बिरामी परेका छन् ।

जुनीचाँदेका १, २, ३ र ११ वडामा ज्वरो फैलिएको हो। बिरामीहरूको सामान्य उपचार भए पनि अझै हरेक घरमा बिरामी छन् । स्वास्थ्य संस्थामा आवश्यक औषधि नभएपछि उपचारमा कठिनाइ भएको छ।

बडकुले गाउँपालिकाका ३६ भन्दा बढी घरका १ सय ५० जना भाइरलबाट थलिएका छन् । एकै परिवारका ५ जना बिरामी छन् । आखिर किन पटकपटकरोगव्याधिको प्रकोप फैलिन्छ यहाँ रु विज्ञ भन्छन्– चेतनाको कमी छ। दूषित पानीको प्रयोग हुन्छ।

सरसफाइ बिल्कुलै छैन। पौष्टिक खाना अभाव छ। यी सबै कारणले पटक–पटक महामारी फैलिने गरेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?