जाडोयाममा रुघाखोकीबाट बच्न यसो गर्नुहोस्

यदाकदा रुघा लाग्नु सामान्य हो । यद्यपी बारम्बार दोहोरिरहन्छ भने त्यसले जटिलता ल्याउँछ । चिसो मात्र होइन, धुलो र धूँवाको कारण पनि रुघा लाग्छ । यसलाई एलर्जिक रायनाइटिस भनिन्छ । यो एक प्रकारको एलर्जी हो ।

यसले नाकमा असर पार्ने गर्छ । पटक पटक हाँच्छिउ आउने, नाकबाट सिँगान बग्ने, नाक बन्द हुने, नाक चिलाउने, टाउको दुख्ने, आँखाको मुनी कालो बस्ने जस्ता समस्या हुन्छ । घरमा जमेको धुलो, घासको परागको कण, जनावरको रौं, धुलो , धुवाँ, प्रदुषण, अण्डा, दूध, दाल लगायतको खाद्य पदार्थको कारण यस्तो समस्या आउने गर्दछ ।

बच्ने उपाय

एलर्जिक रायनाइटिसका समस्या भएमा एलर्जी गराउने तत्वबाट सकेसम्म टाढा बस्नु उपर्युक्त हुन्छ । यसको लागि यी उपाय गर्न सकिन्छ ।

-रौं भएका जनावरबाट टाढा रहने । यस्ता जनावरलाई सुत्ने कोठाबाट टाढै राख्ने ।

-घरमा राखिएका पर्दा, तन्ना, ओढ्ने लगायतलाई धोएर सफा राख्ने ।

-सकेसम्म तकिया तथा गद्दालाई प्लाष्टिकले बधर राख्ने । पाच वर्ष भन्दा पुराना गद्दालाई बदल्ने। किनकी त्यस्ता गद्दामा धेरै भन्दा धेरै धुलो जमेर बसेको हुन्छ ।

-घरको साफसफाई गर्दा भ्याकुम क्लिनरको प्रयोग धेरै भन्दा धेरै गर्ने । घरका फर्निचर तथा भुई सफा गर्दा भिजेको कपडाले सफा गर्ने । किनकी भिजेको कपडाले भई सफा गर्दा धेला कम उड्नुका साथै जमेर बसेको धुलो राम्ररी सफा हुने गर्दछ ।

-त्यसबाहेक, घरका भित्तामा ढुसी लागेको छ भने त्यसलाई साबुन , पानी तथा ब्लीचले राम्ररी सफा गरेको खण्डमा पनि यस्ता समस्याबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?