जापानले नेपाल लगायत पाँच मुलुकबाट जापान आउने विद्यार्थीलाई कडाई गर्ने

टोकियो । सन् २०१५ मा दुई लाख नाघेका विदेशी विद्यार्थी दिनानुदिन बढिरहेका बीचमा ६० प्रतिशत भन्दा बढी विद्यार्थी पैसा आर्जन गर्ने मनशायले आएको नक्कली विद्यार्थीलाई ज्यादै संवेदनशील रुपमा लिएर यसलाई कडा बनाउने न्याय मन्त्रालयले सम्वन्धित अध्यागमन कार्यलयलाई पत्राचार गरेको छ । साथै गैरकानुनी हिसावमा काम गर्ने तथा गैरकानुनी रुपमा बसोवास गर्ने विदेशीहरु बढाएको भनि चिन्ता समेत व्यक्त गरेको छ ।

क्लासमा लगभग सुतिन्छ । जापानमा काम गरेर पैसा कमाउन आएको भन्ने नेपाली विद्यार्थी वर्ष २३ ले खुलासा गरेको जापानी संचार माध्यमले जनाएको छ ।

उनले आफू अहिले ठूलो डेलिभरी कम्पनीमा राती सामान कलेक्सन गर्ने काम गरिरहेकोले आफू भाषा स्कुल जाने तर निदाएर बिताउने बताए । आफू मात्र नभएर आफ्नो क्लास मेटहरुमा ५० प्रतिशत भन्दा बढी यस्तै छन् भनेर लामो हाई गर्दै बताए ।

यसबाट पैसा कमाउने प्रमुख र पढाई दोश्रो भनि सोचेर जापान आएको आभास हुने अनुसन्धान कर्ताले बताए । विदेशीलाई हप्ताको २८ घण्टा काम गर्ने अनुमति दिएको तर फुल टाईम काम गर्ने, स्कुलबाट भाग्ने, गैरकानुनी हिसावमा बसोबास गर्ने ठगी तथा विभिन्न अपराधिक क्रियाकलापमा लागेको न्याय मन्त्रालयका कर्मचारीले बताएका छन् ।

यसमा जापानको भाषा स्कुल तथा भोकेशनल कलेजहरु विद्यार्थीको अभावमा विद्यार्थी तान्ने होडबाजीले पनि विकृति बढाएको थाहा भएको हुदा हुदै पनि विद्यार्थी भर्ना तथा गैरकानुनी काममा प्रेरित गर्ने न्याय मन्त्रालयको अधिकारीले बताए ।

यसै गरी नक्कली विदेशी विद्यार्थी नियन्त्रणको लागि जापान सरकारले अबबाट ठोस कदम चल्ने निर्णय गरेको छ । विदेशबाट जापानमा अध्ययन गर्न आउने विद्यार्थी अध्ययन भन्दा कमाउने मनशायले आउने थाहा भएपछि जापान सरकारले चीन, भियतनाम, नेपाल, श्रीलंका, वर्मा आदि देशबाट जापान आउने विद्यार्थीलाई कडा गर्ने बताएको छ ।

जापानमा पढ्न आउनको लागि उसको आर्थिक स्थिति, पैसा पठाउने व्यक्तिको व्यालेन्स, परिवारको वार्षिक आम्दानी तथा कर तिरेको प्रमाण पेश गर्नु पर्ने छ । जापानले सन् २०२० सम्ममा जापान भरि विदेशी विद्यार्थी ३ लाख पुर्याउने योजना अन्तर्गत विद्यार्थी बढाउने नीति अगाडि ल्याएको थियो ।

तर पर्याप्त निरिक्षण जाचको कमजोरीबाट अध्ययन भन्दा कमाउने मनशायले विदेशी बढिरहेको समस्यालाई नियन्त्रण गर्न पछिल्लो समय न्याय मन्त्रालयले कदम चालेको हो । यसमा केही भाषा स्कुल तथा कलेजहरु समेत मुछिएको बताएको छ । विद्यार्थी भिषा एक पल्टमा बढीमा ४ वर्ष ३ महिनाको विद्यार्थी भिषा पाउने तथा नवीकरण गर्न सक्ने नियम छ ।

न्याय मन्त्रालयका अनुसार सन् २०१७ को जुनको अन्तिममा जापान भरि २ लाख ९१ हजार एक सय ६४ रहेका छन् भने सन् २०१७ को जुन सम्म मात्र पनि ६० हजार जति विद्यार्थी भित्रिएका छन् । चाईनीज १९ हजार ७३ र भियतनामी १८ हजार ७ सय ७२ रहेका छन् भने बाकी नेपाल, श्रीलंका, वर्मा लगायतका विदेशीहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?