जापानका उपप्रधानमन्त्री तारोले अमेरिका पुगेर बनाए किम विरुद्व प्रतिबन्धको अर्को योजना

टोकियो । जापानका उपप्रधानमन्त्री तारो आसोले उत्तर कोरियाको परमाणु हतियार सवैभन्दा महत्वपूर्ण भू–राजनीतिक जोखिम भएको बताएका छन् ।
उनले विश्वको आर्थिक विकासको लागि उत्तरको परमाणु कार्यक्रम सवैभन्दा ठूलो बाधक भएको बताए । अमेरिकामा अन्तराष्ट्रिय मुद्रा कोषको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अमेरिकी मुद्रा विभागका सचिव स्टेभेन मन्नुचिनले पनि सोही कार्यक्रममा आफ्नो धारण राख्दै उत्तर माथि थप प्रतिवन्ध लगाउनु पर्ने बताए ।

उनले प्योङयाङको उत्तेजक व्यवहार रोक्न आवश्यक भएको र यसका लागि जापान र अमेरिका लगायतका विश्वका अन्य शक्ति देशहरु एक हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?