टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफुहरु सधैं शान्तिको पक्षमा रहेको बताएका छन । आबेले कोरिया प्रायद्धिपमा जारी तनाव अन्त्यका लागि आफुले शान्तिपुर्ण वार्ताको पहल गरिरहेको पनि बताएका छन् ।
आइतबार संवाददाताहरुसँगको संक्षिप्त कुुुराकानीमा आबेले उत्तर कोरियाले परमाणु हतियारको धाक र धम्की बन्द गर्नुपर्ने बताए ।
विश्वमा सह अस्तित्वको अधिकार खोज्ने उत्तर कोरियाले अब शान्तिको बाटो हिड्नुपर्ने बताए ।
शनिबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले वार्ता नचाहेकोले अब आफुसँग एउटा मात्रै उपाय रहेको अभिव्यक्ति दिएका थिए ।