साइतामामा बस दुर्घटना, नेपाली सहित २० घाइते

टोकियो । जापानको साइतामामा बस दुर्घटना हुँदा पाँच जना नेपाली सहित २० जना घाइते भएका छन् । घाइतेहरु साइतामाको खावागोयबाट नजिक रहेको योसिनोदाइस्थित जापानी कम्पनीमा कार्यरत श्रमीक हुन् ।

तरकारी तथा फलफुल प्रशोधन कम्पनीमा कार्यरत नेपाली महिला कामदार सहित ४० जना सवार बस सडकमा पल्टिएको थियो । घाइते भएका पाँचै जना नेपाली सामान्य उपचार पछि घर फर्किसकेको जापान प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा परि मिना केसी, ऋतु रणपाल दर्नाल, लक्ष्मी चालिसे सुवेदी र कमला नेपाली सामान्य घाइते भएका थिए । घाइते मध्ये केसी, दर्नाल र सुवेदीको अनुहार र टाउकोमा चोट लागेको छ ।

यस्तै नेपालीको हात भाँचिएको र खुट्टामा पनि चोट लागेको छ । बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र अहिले बसका चालक प्रहरीको नियन्त्रणमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?