जनप्रगतिशिल मञ्च जापानले भन्यो–संविधान दिवसमा दूतावासले विभेद गर्यो

टोकियो । नेपाली जनप्रगतिशील मञ्च जापानले संबिधान दिवसका दिन आयोजित समारोहमा आफुलाई नबोलाईएको भन्दै आपत्ती जनाएको छ । जापानस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष समारोहमा नियोजित रुपमा संस्थालाई नबोलाइएको भन्दै आपत्ती जनाएको हो ।

दूतावासले बुधबार टोकियोस्थित ओकुरा होटलमा राष्ट्रिय दिवस समारोहको आयोजना गरेको थियो ।

उक्त समारोहमा नेकपा माओबादी केन्द्रको भात्तृसंगठन नेपाली जनप्रगतिशील मञ्च जापानलाई भने निम्ता नदिइएको भन्दै मञ्चले विरोध गरेको हो । विज्ञप्तीमा दूतावासको यसप्रकारको भेदभावपूर्ण कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कडा आपत्ति जनाएको छ ।

संबिधानसभाबाट संबिधान जारी गर्ने लगायतका सबै खाले परिवर्तनहरुको नेतृत्वदायी भूमिका निर्बाह गर्ने संबाहक शक्ति नेकपा माओबादी केन्द्रको जापानस्थित भात्तृसंगठन नेपाली जनप्रगतिशील मञ्चलाई राष्ट्रिय दिवस समारोहमा बेवास्ता गरिएनु पक्षपाती भएको विज्ञप्तीमा उल्लेख छ ।

मञ्चका अध्यक्ष हवलचन्द्र लामा र महासचिव श्यामहरि पाण्डेद्वारा संयुक्तरुपमा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ–’संबिधान सभाका लागि हजारौंको बलिदानी गर्ने शक्तिलाई बाइपास गरी संबिधान सभा लगायत परिवर्तनका उपलब्धिलाई आत्मसात गर्न कञ्जुस्यांई गर्नेहरुको जमघट गराई आर्थिक दुरुपयोग गरिएको कार्यक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

मञ्चले आगामी दिनमा यस्तो कमजोरी नदोहोर्याउन पनि दूतावासलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?