टोकियो । नेपालको गोरखा जिल्ला स्थित गण्डकी गाउँपालिका–७ घ्यालचोक घर भई जापानको काेबेमा आई कार्यरत रहँदै गर्दा मृत्यु भएका डम्बर गुरुङको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
योकोहमा बस्ने नेपाली युवाहरुको समुह योकोहामा युथ ग्रुप र योकोहामा स्पाइस सेन्टरको संयोक्त पहलमा रकम संकलन गरि मृतकका बाबु बलबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो ।
जापानस्थित इवि लिंक मनि एक्सप्रेस मार्फत् मृतकका बाबुको नेपालस्थित प्रभु बैंकको खातामा ६ लाख ३१ हजार ६७६ अर्थात् ६ लाख ८० हजार ५८५ जापानी येन हस्तान्तरण गरिएको हो ।
यो अभियानका सञ्चालनकहरुले शोकाकुल परिवारलाई सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।