वादोरियो कराते टोलीलाई जापानमा सफलता, स्वर्णसहित चार पदक

काठमाडौं । जापानमा सम्पन्न १२ औं सिजि निसी मुरु मात्सुरी अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले १ स्वर्णसहित चार पदक जितेको छ ।

जापानको फुकुवोमा भएको प्रतियोगितामा पुरुष ४५ केजी तौल समूहमा नेपालका विकबहादुर थामीले कुमुतेमा नेपाललाई स्वर्ण दिलाएका थिए । थामीले नै कातातर्फ पनि कास्य पदक जितेका थिए ।

त्यस्तै, महिला ५० केजी तौल समूहमा रिमला राईले रजत पदक जित्दा पुरुष ५० केजी तौल समूहमा नेपालका पुरुषोत्तम पोखरेलले कास्य पदक हात पारेका छन् । ६ खेलाडी सहभागी प्रतियोगितामा पुरुष ३५ केजी तौल समूहमा नेपालका कुइसाङ लामाले मात्र पदक जित्न असफल रहे ।

प्रतियोगितामा नेपाल, जापान, अमेरिका, मलेसिया, भारत, ईन्डोनेसिया, क्यानडालगायत देशहरुको सहभागिता रहेको थियो । जापान गएको नेपाली टोलीका अफिसियलमा नेपाल कराते महासंघका महासचिव समेत रहेका नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी र टिम व्यवस्थापकमा सैलेश विष्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?