एनआरएनए जापानको नयाँ कार्यसमितिको पहिलो बैठक, यस्ता छन् निर्णय

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको युवा संयोजकमा लेलिन भट्टचन र महिला संयोजकमा सविता श्रेष्ठलाई मनोनित गरिएको छ ।

एनआरएनए जापानको विधान अनुरुप उनीहरुलाई उक्त जिम्मेवारी दिईएको महासचिव बुद्धिराज घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एनआरएनए जापानको आठौं कार्यसमितिको पहिलो बैठक अध्यक्ष टासि वाङदी लामाको अध्यक्षतामा बसेको थियो । बैठकले २१ बुदे आचारसंहिता समेत जारी गरेको छ ।

बैठकले राष्ट्रिय कार्यसमितिको बैठक विशेष अवस्था बाहेक प्रत्येक २–२ महिनामा बस्ने निर्णय गरेको छ ।

यस्तै सचिवालयको बैठक कम्तिमा पनि महिनाको १ पल्ट अवस्था अनुसार बस्ने निर्णय समेत भएको छ ।
क्षेत्रीय कमिटिको कार्यकुशलता ,सकृयता र बड्दो नेपाली समुदायको गतिबिधिहरुलाई मध्यनजर गर्दै हाल बिधमान क्षेत्रिय कमिटि लाई ४/४क्षेत्र निर्धारण गरि अतिरिक्त सहयोग कमिटि गठन गर्ने निर्णय समेत भएको छ ।

जसमा संयोजकको जिम्मेवारी तीन उपाध्यक्षलाई र सहसंयोजकको जिम्मेवारी संवन्धित क्षेत्रीय संयोजकलाई तोकिने उल्लेख छ । संयोजनकर्ताले हरेक महिना रिपोर्ट बुझाउनुपर्ने छ ।

बैठकले राष्ट्रिय कमिटी वा क्षेत्रीय कमिटिको कार्यकारिणी पदमा रहेका पदाधिकारीलाई अन्य संघ संस्था वा राजनितिक संगठनको कार्यकारी पदमा बस्न रोक लगाएको छ । राष्ट्रिय वा क्षेत्रीय कमिटिमा रहने ब्यक्तिले संघले तोकेको र दिएको जिम्मेवारी बाहेक कुनै कार्यक्रमको संयोजक र आर्थिक संकलन गर्न नपाउने गरि निर्णय समेत गरिएको छ ।

यस्तै कार्यसमितीका सदस्यहरू बैठकमा उचित कारण बिना अनुपस्थित भएमा ५०० येन र एनआरएनएको आयोजनामा हुने कार्यक्रममा अनुपस्थित रहेमा १०,००० येन रकम जरिमाना तिर्नुपर्ने निर्णय गरिएको छ । तर कार्यक्षेत्र जापान बाहिर रहेको वा बिरामी भएको प्रमाण पेश गरेमा त्यस्ता व्यक्तिमा यो नियम लागु नहुने जनाइएको छ ।

यस्तै कार्यलय भाड़ा र प्रसाशनिक खर्चमा संघलाई आर्थिक भार नपार्ने गरि राष्ट्रीय कमिटिका पदाधिकारि र सदस्यहरुबाट प्रति महिना ३००० येनका दरले सहयोग संकलन गर्ने निर्णय समेत गरिएको छ ।
यस्तै एनआरएनए जापानको नयाँ सदस्यका लागि २०१८ जनवरी १ तारिकबाट आवेदन खोल्ने निर्णय समेत गरिएको छ ।
यस्तै एनआरएनए जापानले अन्तराष्ट्रीय बिमानस्थल काठमाडौंको सौचालयको लागि २५ सेट ट्वाईलेट वास्लेट आईसिसि उपाध्यक्ष भवन भट्ट मार्फÞत हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ ।
बैठकले एनआरएनए जापानको सातौ महाधिवेसन र अभियानमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?