अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो जापान भ्रमण नोभेम्बरमा

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी नोभेम्बरमा जापानको पहिलो औपचारिक भ्रमणमा आउने भएका छन् । अमेरिकी कुटनीतिको उच्च स्रोतले यसबारेमा पुष्टि गरे पनि भ्रमणको मितिका बारेमा भने गोप्य राखिएको छ ।

ट्रम्पले भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग शिष्टाचार भेट वार्ता गर्ने छन् । उनको भ्रमणका क्रममा अमेरिकामा रहेको जापानी लगानीका बारेमा छलफल हुने छ ।

जापानसँगै उनले एसियाका अन्य देशहरुमा पनि भ्रमण गर्ने छन् । जापान भ्रमणको दैरान पश्चात् उनले चीन, भियतनाम लगायतका देशको पनि भ्रमण गर्ने छन् ।

प्रधानमन्त्री आबेसँगको भेटवार्ताका क्रममा उत्तर कोरियालाई निशस्त्रीकरण गराउने बारेमा ठास छलफल हुने अमेरिकी कुटनीतिज्ञले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?