राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जापान शाखा गठन

टोकियो । युवराज आचार्यको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जापान शाखा गठन भएको छ ।

जापानका विभिन्न सहरहरुमा सहि नेपाली लोक संगीतको श्रीबृद्धिमा सक्रियरहेका नेपालीहरुले शाखा गठन गरेका हुन्र । टोकियो कामतास्थित खुशीबजारमा भएको बृहत भेलाबाट आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समीती गठन गरीएको हो ।

समितिको सहसंयोजकमा सुर्य खड्का र पुरुषोत्तम सिग्देल, सचिवमा नारायण कंडेल र कोषाध्यक्षमा ऋषीराम कंडेल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा ऋषी पौडेल ,कुलबीर थापा,दिलेन्द्र जोशी,श्याम शितल श्रेष्ठ,सोना के सी ,मुक्ती सुवेदी,समुन्द्रराज पौडेल,छवि पाण्डे,दिपक शर्मा,महेन्द्र न्यौपाने ,चेतन घर्तीमगर,यदुराम सापकोटा,प्रभा न्यौपाने,अमित सापकोटा ,दिपक बशन्त कार्की र होम पुन चयन भएका छन् ।

यस्तै पिताम्बर चापागाई (पदमपाणी) को संयोजकत्वमा ५ सदस्यीय बिधान मस्यौदा समिती र रामकृष्णबम मल्लको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन तयारी तथा निर्वाचन समिती पनि गठन गरिएको छ ।

जापानमा रहेका सबै कलाकारहरुका बीच साझा संस्था निर्माणका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालसँगको समन्वयमा संस्था गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?