जापानको समुद्री तटबाट फेरि तीन विद्यार्थी बेपत्ता

टाेकियाे । होकाइदोमा रहेको समुन्द्री किनारामा पौडी खेल्न गएका तीन विद्यार्थी हराएका छन् । साथीहरुसँग खेल्न गएका उनीहरुलाई समुद्रको छालले बगाएको हो ।

प्रहरीका अनुसार ३ पुरुष विद्यार्थीहरु आइतबार विहान ११ बजेदेखि हराएका छन् ।

उनीहरु हराइरहेको बेला अरु विद्यार्थीहरुले किनारामा आउनको लागि पौडिने प्रयास गरिरहेका थिए । उनीहरु सबै एउटै कक्षाबा विद्यार्थी हुन् ।

उनीहरु किनारा भन्दा ५० मिटर पर समुन्द्री इलाकामा गएका थिए ।

ती सबैलाई उद्दार गरिएपनि तीन जना भने अझै हराईरहेकोर उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?