जापानमा फेरि भिषण वर्षा, कार बगाउँदा एक जनाको मृत्यु, तीन बेपत्ता

टोकियो । जापानको पूर्वोत्तर र उत्तरी क्षेत्रमा शुक्रबार भीषण वर्षा भएको छ । जसका कारण आएको बाढीमा परि एक जनाको मृत्यु भएको छ । कारमा सवार एक जनाको इवाटे प्रान्तमा सवारी सहित बगाउदा मृत्यु भएको जापान प्रहरीले जनाएको छ । उनको शव मियाको शहर नजिक फेला परेको छ ।

कारमा उनीसहित चार जना सवार रहेको भएपनि अन्य व्यक्ति भने कारमा नरहेको जनाइएको छ । उनीहरु जीवित रहेको वा मृत भन्ने खुल्न सकेको छैन । आकिता क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

२४ घण्टामा २ सय मिलिलिटर पानी परकोे जापानको मौसम विभागले जनाएको छ । त्यस्तै तोयामा क्षेत्रमा पनि भीषण वर्षा भएको छ । वर्षाले पु¥याएको क्षतिको विवरण संकलन भइरहोको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?