जापानले तत्काल आणविक हतियार उत्पादन नगर्ने, शान्तिका लागि पहल थाल्ने

टोकियो । जापानले तत्काल थप आणविक हतियार उत्पादन गर्ने सम्भावना नरहेको सुरक्षा विज्ञहरुले बताएका छन् ।

उत्तर कोरीयाले आणविक हतियारहरु उत्पादन गरिरहेको भएपनि जापानले त्यसो नगर्ने देखिएको छ ।

पछिल्लो समय जापानले भण्डारणमा रहेका आणविक हतियारलाई प्रयोगमा ल्याउने तयारी थाले पनि नयाँ उत्पादन भने नगर्ने भएको हो ।

गत साता जापानी प्रधानमन्त्री सिन्जो आबेले आवश्यक परेथप हतियार उत्पादन गरिने बताएका थिए ।

तर, जापानका सुरक्षा अधिकारीहरुले आवश्यक सबै प्रकारका अत्याधुनिक आणविक हतियार जापानको भण्डारणमा रहेको दाबी गरेका छन् ।

जापानी सुरक्षा अधिकारीहरुले जापान विश्व शान्तिमा जोड दिने भएकाले आणविक हतियार उत्पादन घटाउने पक्षमा रहेको समेत दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?