जापानमा नेपाली व्यावसायी केसीको क्यान्सरका कारण मृत्यु

टोकियो । जापानमा व्यावसाय सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ ।

नेपालको गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं ७ स्थायी घर भएका किसन केसीको उपचारका क्रममा निधन भएको हो । हाल जापानको टोकियोमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका ५६ वर्षीय केसीको फोक्सो सम्बन्धी रोगका कारण मृत्यु भएको हो ।

फोक्सो रोगको विगत दुई महिनादेखि उपचार गराउँदै आएका केसीको टोकियोस्थित तेइसिन अस्पतालमा उपचारकै क्रममा शनिवार अपरान्ह निधन भएको हो । वामी सेवा समिति जापानका अध्यक्ष कृण्णप्रसाद सापकोटाका अनुसार फोक्सोको क्यान्सरका कारण केसीको मृत्यु भएको हो ।

केसी वामी सेवा समिति जापानका अभिभावक परिषद सदस्य थिए । उनकी श्रीमती र ४ जना छोरा जापानमै छन् ।

वामी सेवा समिति जापानले शोक बक्तव्य जारी गर्दै केसीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै मृतात्माको चिर शान्तिको कामना गरेको छ । मृतक केसीको यही अगस्त २१ तारिखका दिन अन्त्येष्टि गरिने तय भएको छ ।

वामी सेवा समितिलदे अन्त्येष्टिमा सहभागी भइदिन जापानबासी नेपालीमा अनुरोध समेत गरेको छ । अगस्ट २१ तारिखका दिन टोकियो माचिया साईजोमा दिउँसो तीन बजे गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?