जापानबासीलाई खुसीको खबर, अर्थतन्त्रमा नयाँ रेकर्ड, कामदारको हैसियत पनि बढ्यो

टाेकियाे । जापानको अर्थतन्त्रमा तीब्र बढोत्तरी आएको छ । पछिल्ला दुई वर्षमा जापानको अर्थतन्त्र अपेक्षा गरिए भन्दा पनि बढेको हो । कम्पनी तथा ग्राहकहरुले स्वदेशी उत्पादनको माग तथा प्रयोग गर्न थालेपछि अर्थतन्त्र बढेको हो ।

विश्वको तेस्रो अर्थतन्त्र मानिने जापानको अर्थतन्त्र अत्यन्तै बलियो गरि बढेको हो । अप्रील र जुन महिनामा मात्रै जापानको अर्थतन्त्र ४ प्रतिशतले बढेको छ ।

जबकी विकसित देशहरुमा एक प्रतिशत मात्रै अर्थतन्त्र बढ्नुलाई पनि निकै राम्रो मानिन्छ ।

एक दशक भन्दा बढी समयदेखि रोकिएको अर्थतन्त्रको बृद्धिदरमा यो वर्ष राम्रो प्रगती भएको हो ।

आगामी महिनाहरुमा पनि अर्थतन्त्रको बृद्धिलाई कायमै राख्नको लागि विभिन्न क्रियाकलापहरुको अपेक्षा गरिएको छ ।

जापानको केन्द्रीय बैंकले श्रम बजारमा ज्याला बढ्दा कामदारको खर्च गर्ने हैसियत समेत बढेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?