जनसम्पर्क समिति जापानले बाढी पीडितका लागि राहत संकलन गर्ने

टोकियो । कांग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानले नेपालको तराई भूभागमा गएको बाढी र पहाडी क्षेत्रमा गएको पहिरोमा परि पीडित भएकाहरुको सहयोगार्थ राहत रकम संकलन गर्ने भएको छ ।

जनसम्पर्क समिति जापानले एक विज्ञप्ती जारी गर्दै राहत रकम संकलन थालेको हो । विज्ञप्तीमा मातृभुमी पीडामा परिरहेका बेला आफुहरु चुप लागेर बस्न नसक्ने भन्दे पीडितको पीडामा मल्हम लगाउन सानो भएपनि सहयोग अभियान थालिएको उल्लेख छ ।

बाढी पहिरोमा परिमृत्यु भएकाप्रति श्रद्धान्जली अपर्ण गर्दै समितिले बेपत्ता भएकाको खोजबीन र पीडित परिवारलाईराहत र पुनस्थापनाको व्यवस्था तत्काल मिलाउन नेपाल सरकारसँग आग्रह समेत गरेको छ ।

समितिले आफुहरुको अभियानमा सहयोग गर्न जापानबासी नेपालीहरुमा अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?