चितवन समाज जापानको अधिवेशन अगस्ट १२ मा, सम्पुर्ण तयारी पुरा

टोकियो । चितवन समाज जापानको अधिवेशन अगस्ट १२ तारिखका दिन टोकियोमा हुने भएको छ ।

आउँदो अगस्ट १२ तारिखका दिन शनिवार टोकियोको सिनोकुवोस्थित नमस्ते गीत गजल रेष्टुरेण्टको सभाहलमा हुने आयोजकले जनाएको छ ।  अधिवेशन मध्यान्ह १२ बजेबाट सुरु हुने छ ।

अधिवेशन आयोजक समितिका संयोजक अर्जुन अधिकारीका अनुसार अधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । समाजको केन्द्रीय अधिवेशन भएकाले चितवनवासीहरूलाई सहभागिता जनाउन पनि आयोजकले आग्रह गरेको छ ।

अधिवेशनमा वर्तमान कार्यसमितिले गरेका कामहरु र आर्थिक आय व्यय विवरण पेश समेत गरिने अध्यक्ष सरोज कंडेलले बताए ।

चितवन समाजले यस विचमा विविध सामाजिक काम गरिसकेको अध्यक्ष कंडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?