क्युसुमा तीज विशेष कार्यक्रमको तयारी पुरा

टोकियो । गल्कोट समाज जापानको क्युसु समिति र गैरे सेवा समाजले संयुक्त रुपमा आयोजना गर्न लागेको तीज विशेष कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।

कार्यक्रमको टिकट बुकिङ समेत खुल्ला गरिएको आयोजकले जनाएको छ । गल्कोट समाज क्युसु क्षेत्रका संयोजक बिपीन कडेलले यो वर्ष तीजकै दिन कार्यक्रमको आयोजना गर्न लागिएको बताउँदै कार्यक्रममा सहभागिताका लागि नेपाली समुदायलाई आग्रह गरेका छन् ।

गैरे सेवा समाजका अध्यक्ष टंक गैरेले कार्यक्रमबाट प्राप्त आम्दानी धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने पवित्र उद्देश्य राखिएको बताए ।

यो कार्यक्रम सहित गल्कोट समाज जापानले नेपालका चर्चित लोक कलाकारहरुका साथ विभिन्न सहरहरुमा श्रृंखलाबद्ध रुपमा तीज विशेष कार्यक्रम आयोजना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?