झरनाको भिषा नलागेपछि जापानमा ‘ए मेरो हजुर–२’ को प्रिमियर शो रोकियो, आयोजक भन्छन्–हामीलाई फसाईयो

टोकियो । नायिका एवं चलचित्रकी नव निर्देशक झरना थापाको भिषा नलागेपछि जापानमा प्रिमियर शो हुने भनिएको चलचित्र ‘ए मेरो हजुर–२’ प्रदर्शन रोकिएको छ ।

अगस्ट ६ तारिखका दिन ‘ए मेरो हजुर-२’ को प्रिमियरका लागि आयोजकले भब्य तयारी गरेको थियो । तर, चलचित्रका निर्देशक सहित कलाकारहरुको भिषा नलागेपछि जापानमा प्रदर्शनको अन्तिम तयारीमा पुगेर रोकिएको हो ।

झरनासँगै उनका पति एवं निर्माता सुनिल कुमार थापा, नायक शलिनमान बानियाँ र सलोन बस्नेतको पनि भिषा अस्विकृत भएको छ । कलाकारहरुको भिषा नलागेपछि चलचित्र प्रर्दशनको सम्पूर्ण तयारी पुरा गरेको आयोजक डेष्टिनी क्रियशन तनाबमा परेको छ ।

कलाकार एवं निर्देशक थापाले आफूहरुको भिषा नलागेपछि जापानमा प्रिमियर शो हुन नसक्ने बताइन् । उनले आफुहरुले दुई करोड बढी लगानी गरेर बनाएको चलचित्र जापान पठाउन नसक्ने प्रतिक्रिया दिएकी छिन् ।

उनले आफुहरुले रिक्स लिएर काम नगर्ने बताइन् । नेपालमा प्रदर्शन भएपछि मात्र पठाउन सकिने उनको भनाई छ । तर आयोजक भने प्रर्दशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै कार्यक्रम रद्द नगरिदिन निर्देशक थापासँग बारबार आग्रह गरेका थिए।

आफु आउन पाए चलचित्र जापान ल्याउने नत्र नल्याउने कुतर्क गरेको आयोजकले बताए । निर्माता थापा कै आग्रहमा जुलाई २३ लाई प्रदर्शन तोकिएपनि सम्पादनको कारण देखाउदै सार्न आग्रह गरेको र सोहि अनुसार अगस्त ६ का लागि सारिएता पनि अन्तिम चरणमा आएर धोका दिएको प्रति आयोजकले आक्रोश व्यक्त गरेका छन् । यसरी चलचित्र कर्मीले झुटको खेती गर्न नहुने तर्क गरेका छन् ।

आयोजकले तयारीका क्रममा लाखौं रकम खर्च भैसकेको बताउँदै कलाकारको भिषा नलाग्दैमा प्रदर्शन रोकिन नहुने बताएको छ । चलचित्र निर्माण पक्षले भने अझै सम्पादनको काम बाँकी रहेको झुट्टा कारण देखाएर फसाउन खोजिएको आयोजकले बताए ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र भदौ १६ गते नेपालभर रिलिज हुँदैछ । यो चलचित्रमा साम्राज्ञी र सलिनका अलावा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, ओजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, असिन क्रिस्टल राज्यलक्ष्मी रानाको अभिनय देख्न पाइन्छ ।

सो डेष्टिनी क्रियशनले जापानवासी नेपाली समक्ष माफी माग्दै चलचित्रको विक्री भएको टिकट आफूले खरिद गरेको स्थानमा गई पैसा फिर्ता लिन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?