जापानको विदेश र रक्षा मन्त्री फेरिए, प्रधानमन्त्री आबेले ल्याए नयाँ अनुहार

टाेकियाे । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानमा बिहीबार नयाँ विदेशमन्त्री र रक्षामन्त्री नियुक्त गरेका छन्र । 

जापानको सरकारमाथि पछिल्लो समयमा विभिन्न विषयमा आलोचना गरिएको छ । ती आलोचनाहरुको खण्डन गरिरहेका उनले बिहीबार नयाँ विदेश र रक्षामन्त्री नियुक्त गरेकाे  राजधानी टोकियाेबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जापानको नयाँ विदेशमन्त्रीमा तारो कोनोलाई नियुक्त गरिएको पनि सोही समाचारमा जनाइएको छ । उनी जापानका पूर्व विदेशमन्त्रीको छोरा हुन्र  ।

त्यसैगरी जापानको नयाँ रक्षामन्त्रीमा इत्सुनोरी ओनोदेरालाई नियुक्त गरिएको छ । उनी जापानको पूर्व रक्षा सचिव हुन्र ।

जापानको रक्षामन्त्रीबाट तोमोमी इनादाले गत हप्ता राजिनामा दिएकी हुन्र । जापानी प्रधानमन्त्री आबेको दलको गठबन्धनका रुपमा रहनुभएकी उनले राजनीतिक विवादका कारण राजिनामा दिएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?