एनआरएन जापानको महिला सदस्यमा अस्मीताको उम्मेदवारी

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकालका लागि नेतृत्वका आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

यहीसन्दर्भमा महिला केन्द्रीय सदस्यका लागि अस्मीता वाईबा (तमाङ) ले उम्मेदवारी घोषणा गरेकी छिन् ।

जापानमा क्रियाशील विभिन्नसामाजिक संघ संस्थाहरु मार्फत्सामाजिक कार्यमा संलग्न वाइबा नेपाल तमाङ घेदुंगमा आबद्ध सहदैसामाजिक कार्यमा संलग्न छिन् । नेपाल तमाङ समाज जापानको उपाध्यक्ष समेतरहेकी वाइबा मानव सेवा समाजको कोषाध्यक्षका रुपमा कार्यरत छिन् ।

सामाजिक संघ संस्थाहरु मार्फत् समाज सेवार आफ्नो गाउँको बिकासमा केन्द्रीत रहदै आएकी वाइबा जनजाती माहासंघ जापानको पनि केन्द्रीय समितिमा छिन् ।

जापानबासी नेपाली समुदायको हितका लागि काम गर्न आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताइन् । एनआरएन जापानलाई नेपालीहरुको हक अधिकार स्थापनाका लागि अझै क्रियाशील बनाउनका लागि आफुलेउम्मेदवारी दिएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?