जनता जोगाउन जापान सरकारले गर्यो अर्को महत्वपुर्ण निर्णय

टोकियो । जापानको परमाणु नियमन प्राधिकरणले बाह्य देशबाट उडेर आउने रेडियोधर्मी किरण पत्ता लगाउनका लागि दुई वटा निगरानी केन्द्र स्थापना गर्ने भएको छ । प्राधिकरण पश्चिम जापानस्थित नागासाकी राज्यको त्सुशिमा सहरमा यस्तो निगरानी केन्द्र निर्माणमा जुटेको हो ।

उक्त निगरानी केन्द्रको जापानको आत्मरक्षा बलले सुरक्षा दिने छ ।

कोरियाली प्रायद्धिपबाट करिब ७०मिलोमिटरको दुरीमा रहनेयस्ता केन्द्रले उत्तरकोरियाली आणविक प्रक्षेपणबारे जानकारी दिने छ ।

आगामी वर्षको मार्चबाट यी केन्द्रहरु सञ्चालनमा आउने छन् ।

उत्तरकोरियाको आणविक हमलाको त्रासमा रहेका जापानी जनतालाई सरकारको यो निर्णयलेकेहीराहत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?