जापानमा दशौं नेपाल फेस्टिबलको आयोजना गरिने, स्टल बुकिङ खुल्ला

टोकियो । जापानको राजधानी टोकियोमा यस वर्ष पनि नेपाल फेस्टिबलको आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको मुल आयोजनामा फेस्टिबल आयोजना हुने भएको हो । जुलाई २४ तारिखका दिन टोकियोमा आयोजित विभिन्न संघ संस्थाहरुसँगको अन्तरक्रिया पश्चात् पत्रकार सम्मेलन मार्फत् फेस्टिबलबारे जानकारी गराइएको हो ।

फेस्टिबल टोकियोको उएनो पार्कमा यही अगस्ट २६ र २७ तारिकका दिन आयोजना गरिने छ ।

फेस्टिबल आयोजना व्यवस्थापनका लागि १७० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

जापानस्थित नेपाली दूताबास र परराष्ट्र मन्त्रालको विशेष सहयोगमा साथै जापानस्थित विभिन्न संघ सस्थाहरुको सक्रियतामा नेपाल फेस्टिबल २०१७ आयोजना हुने भएको हो ।

फेस्टिबलको मूल उदेश्य नेपाली खाना, कला, संस्कृति र नेपाली मौलिक परम्पराबारे जापानी नागरिकहरुलाई जानकारी दिलाउने र नेपालको पर्यटन प्रवद्धनमा सहयोग गर्ने रहेको छ ।

यस पटकको नेपाल फेस्टिबलको संयोजकमा एनआरएनए जापानका उपाध्यक्ष टाशी लामा र देविलाल भण्डारी रहेका छन ।

फेस्टिबलका लागि स्टल बुकिङ्ग खुल्ला
यसैबीच नेपाल फेस्टिबल २०१७ को लागि स्टलहरु खुल्ला गरिएको आयोजकले जनाएको छ ।

यसपटक स्टलमा रेष्टुरेण्टक राख्न चाहनेहरुका लागि दुइदिनको ३५ मान जापानी येन र डिपोजिट १५ मान जापानी येन गरि ५० मान जापानी येन लाग्ने आयोजकले जनाएको छ ।

खाना बाहेकका स्टलहरु (बुप्पान) का लागि भने दुइदिनको १२ मान येन लाग्ने आयोजकले जनाएको छ । रेष्टुरेण्टका स्टल राख्नेहरुले स्टल वरीपरिको वातावरण स्वच्छ र सफा राख्न सकेमा डिपोजिट स्वरूप राखिने रकम फिर्ता दिइने पनि आयोजकले जनाएको छ ।

स्टल बुकिङका लागि फेस्टिबल संयोजक टाशी लामाको ०८०(३१७८(२७८२ र देविलाल भण्डारीको०८०(४७१७(४८८६ नम्वरमा सम्पर्क गर्न पनि आयोजकले आग्रह गरेको छ । नेपाल फेस्टिबलबारे थप जानकारी लिनका लागि एनआरएन जापानको कार्यालयमा जान सकिने पनि आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?