टोकियो । यो वर्षको तीज आउनै लागेको छ । नेपाली नारीहरुको एक मात्र उल्लासमय पर्व तीज जति नजिकिदै छ, बजारमा तीजका भाकाका नयाँ नयाँ गीतहरु पनि आइनैरहेका छन् ।
यही मेसोमा जापानलाई कर्मभुमी बनाएर बसेका कलाकार सुर्य खड्का र सोना केसीले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका छन् । ’बिदेशै रंगियो तीजमा सारीले’ नामक गीति एल्बम बजारमा आएको हो ।
गायक खड्काको लय तथा शब्द रहेको गीतमा सोना केसी र ईन्द्र भण्डारीले दमदार अभिनय गरेका छन् । यो एल्बम जापानमै रेकर्डिङ भएर जापानका विभिन्न पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको हो ।
गुराँस मुभिजले बजारमा ल्याएको यो गीत युट्युबमा पनि लोकप्रिय बनिरहेको छ ।
म्युजिक भिडियोका रोशन कार्कीको निर्देशन र छायाङ्कन गरेका हुन् भने विष्णु सुबेदी ’निशान’ ले भिडियोको सम्पादन गरेका हुन् ।
विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली नारीले आफ्नो संस्कार रसंस्कृति भुल्न नहुने सन्देश दिईएको म्युजिक भिडियो ब्यवसायी ईश्वरी कँडेलको बिशेष सहयोगमा नीर्माण गरिएको हो ।
https://www.youtube.com/watch?v=KJUS7v4FGlI