ओभरटाईमको लोडले जापानमा फेरि एक मजदुरले गरे आत्महत्या

टोकियो । जापानमा बन्दै गरेको ओलम्पिक स्टेडियममा ओभरटाइम काम गर्ने एक मजदुरको ज्यान गएको छ ।

उनका अभिभावकले एक महिनामा दुई सय घण्टा ओभरटाइम काम गरेको कारणले आफन्तको ज्यान गएको सरकारी अधिकारीहरुलाई बताएका छन् ।

टोकियोमा बन्दै गरेको राष्ट्रिय स्टेडियम २०२० मा हुने ओलम्पिकलाई लक्षित गर्दै निर्माण गरिएको हो । २०१६ देखि निर्माण सुरु भएको उक्त स्टेडियमको काम अझै सकिएको छैन ।

सरकारी अधिकारीहरुका अनुसार २३ वर्षका कामदारले कामको लोडले गर्दा आत्महत्या गरेर मृत्यु भएको हो । सरकारले गोपनियताको सवाल उठाउँदै उनको नाम र ठेगाना सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?