उत्तरी क्युस्युको आकासमा १७ किलोमिटर बाक्लो तुफानी वायु

टोकियो । जापानको मौसम विज्ञान विभागले यो महिनाको सुरुवातमै उत्तरी क्युस्युमा भएको लगातारको वर्षाको कारण तुफानी वायु भएको निश्कर्ष निकालेको छ ।
विभागले तुफानी वायु १७ किलोमिटर बाक्लो लागेका कारण लगातार वर्षा भएको र २४ घण्टाको अवधिमा पाँच सय मिलिलिटर पानी परेको बताएको छ ।

विभागले यस्तो घटना विरलै हुने उल्लेख गर्दै १७ किलोमिटर बाक्लो र सय किलोमिटर उचाईको तुफानी वायुका कारण पानी पर्ने क्रम अझै नरोकीने पनि बताएको छ । जुलाई पाँच देखि सात तारिखका बीचमा ठुलो झरी परेको थियो ।

गत साता लगातारको वर्षा पश्चात् आएको बाढीमा परि कम्तिमा ३२ जनाको मृत्यु भएको थियो भन ेहजारौं नागरिक विस्थापित भएका थिए । अझै दश जना बेपत्ता रहेको उद्दारकर्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?