कतार–अरब मिलाउन जापान र कुबेतले थाले संयुक्त पहल

टोकियो । कतार संकट जारी रहेका बेला जापानले कुबेतका अधिकारीहरुसँगको वार्तालाई तिब्रता दिएको छ । कतार संकट समाधानका लागि जापानले पहल गरिरहेका बेला पछिल्लो पटक कुबेती अधिकारीहरुसँग छलफल भएको हो । अरब राष्ट्र र कतारबीच वार्ता गराउनका लागि कुबेत र जापानका उच्च अधिकारीहरु सहमत भएका छन् । जापानका विदेश मामला उपमन्त्री केन्तारो सोनोउरा र कुबेती विदेश मन्त्री सेख सबाह अल खालेदबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच जारी कतारसंकट समाधान गर्नका लागि मध्यस्थता गर्नेबारे पनि छलफल भएको छ ।

यसअघि अमेरिकालेपनि कतारसँग नयाँसहमति गरेको थियो । जापानले अरब राष्ट्रका उच्च अधिकारीहरुलाई भेटी कतारमाथिको नाकाबन्दी फिर्ता लिन आग्रह गर्दैआइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?