कास्की पोखरा समाज जापानले क्युश्यु, तोचिगी र ओसाकामा संगठन विस्तार गर्ने

टोकियो । कास्की पोखरा समाज, जापानले क्युश्यु , तोचिगी र ओसाकामा तदर्थ समिति गठन भएको छ । क्युश्युमा क्षेत्रीय समिति गठनको तयारी समेत भएको छ ।

जापानको क्युश्यु क्षेत्रमा नेपालीहरुको चापसँगै विभिन्न क्षेत्रीय संगठनहरु गठन भैरहेका बेला कास्की पोखरा समाजले पनि आफ्नो संगठन विस्तारको तयारी थालेको हो ।

कास्की पोखराबाट क्युश्यु क्षेत्रमा आउने नेपालीहरुको संख्या वृद्धि भएसँगै आपसमा सहकार्य र एकता आवस्यक महसूस भएकोले उक्त समाज गठन गर्न लागिएको आयोजकले जनाएको छ ।

कास्की जिल्लाबाट विभिन्न उद्देश्यले जापानको क्युश्यु क्षेत्रमा आइ बसोबास गर्नेहरुका बीच एकता र भाइचारा वृद्धि गर्नेर आइपरेका समस्या समाधान गर्नका लागि समाज गठन गर्न लागिएको आयोजक सन्तोष थापाले बताए ।

कास्की पोखरा समाज गठन सम्बन्धि जुन २३ मा अध्यक्ष शिबप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले क्युश्युमा समाज गठनका लागि अध्ययन गर्न सन्तोष थापा, हरि रेग्मी र बिष्णु आचार्यलाई जिम्मेवारी दिइएको थियो ।

अध्ययन प्रतिवेदनका आधारमा समाज गठनको तयारी गरिएकोहो । कास्की पोखरा समाजको भेला फुकुओका सी चीओउ कु सिमिन सेन्टरमा हुने छ । कास्की पोखराबाट क्युश्यु आइ बसोबास गर्नेहरुलाई भेलामा उपस्थितिहुन आयोजकले आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?