जापानका उपविदेशमन्त्री कियोशी ओडावारा नेपालमा, उपप्रधानमन्त्री महरासँग भयो शिष्टाचार भेटवार्ता

काठमाडौँ  । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जापानका संसदीय उपविदेशमन्त्री कियोशी ओडावाराले शिष्टाचार भेटवार्ता गरेका छन्र ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भयो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले भने, “जापान हाम्रो असल, भरपर्दो र विश्वाशिलो मित्र राष्ट्र हो ।”

जापानले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नौबिसेदेखि नागढुङ्गासम्म जापानको सहयोगमा बन्न लागेको सुरुङ मार्ग र पोखरामा खानेपानी परियोजनामा पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले भूकम्पपछिको पुनःनिर्माण तथा जापानले सार्क विकास कोषमा सहयोग गरेको प्रति आभार व्यक्त गरे ।

जवाफमा मन्त्री ओडावाराले नेपालमा लगानी गर्न चाहने जापानीका लागि अन्तर्राष्ट्रियस्तरको लगानीको वातावरण सिर्जना गर्न आग्रह गरे  । उनले सन् २०२० मा जापानमा हुने ओलम्पिक प्रतियोगितामा नेपाल र जापानका बीचमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?