पुरुष मात्र जान पाउने अचम्मको ओकिनोशिमा आइल्याण्ड पर्यो विश्वसम्पदा सुचिमा

टोकियो । पुरुषहरुलाई मात्र प्रवेश दिइने जापानको ओकिनोशिमा आइल्याण्ड विश्वसम्पदा सूचिमा सूचिकृत भएको छ । ओकिनोशिमा आइल्याण्ड जापानको यस्तो प्राचिन तथा धार्मिक केन्द्र हो, जहाँ एक वर्षमा केवल दुई सय जना पुरुष मात्र जान पाउँछन्, त्यो पनि केही नलिई अर्धनग्न रुपमा मात्र त्यहाँ बस्न पाउँछन् ।

यहाँ महिला जान पाउँदैनन् र जान हुँदैन भन्ने मान्यता रहि आएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले महिलालाई जान प्रतिबन्ध लागाइएको ओकिनोशिमा आइल्याण्डलाई विश्वसम्पदा सूचिमा राख्ने निर्णय गरेको हो ।

ओकिनोशिमामा १७ औं शताब्दीमा समुद्र यात्रीको सुरक्षाको कामना गर्न बनाइएको ओकिट्सु तिर्थस्थल छ । यो आइल्याण्डमा प्रवेश गर्नुपूर्व पुरुषले आफ्नो लुगा फुकाल्नु पर्छ र शरीर शुद्ध गर्नु पर्छ ।

यस्तै फर्किने बेलामा कुनै स्मृति चिन्ह बनाउन वा ल्याउन पाइँदैन भने त्यहाँको बारेमा अरुलाई भन्न पनि नहुने नियम रहिआएको छ । यो आइल्याण्डमा हरेक वर्ष दुई सयजनालाई मात्र भ्रमणको स्वीकृति दिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?