मुसलधारे पानी नरोकिएपछि जापानका दर्जनौं कम्पनी तथा कलकारखाना बन्द

टोकियो । जापामा मुख्य कम्पनीहरु, कलकारखानाहरु तथा यातायात सेवा प्रदान गर्ने संस्थानहरु मुसलधारे पानीका कारण बन्द भएका छन् ।

जापानको दक्षिणी भागका कम्पनी तथा यातायातहरु मुसलधारे पानीको कारणले बन्द भएका हुन् ।

डाइहाट्सुले नाकास्टुमा रहेको आफ्नो मिनी कार उत्पादन प्लान्ट बन्द गरेको छ । त्यस्तै अटोमेकरले बुधवार रातिदेखि कुरुमेमा रहेको आफ्नो इन्जिन उत्पादन गर्ने प्लान्ट पनि बन्द गरेको छ ।

खाद्य प्रदाय संस्थाहरुले पनि सेवा अबरुद्ध भएको जनाएका छन् । जापनको हुलाक कम्पनीले हुलाक सेवा बन्द गरिएको बताएको छ । सुपरमार्केटहरु पनि बन्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?