हराएको २१ वर्षपछि फेरि खुल्यो फाइल, स्केच सहित खोजिमा निस्कियो जापान प्रहरी

टोकियो । सन् १९९६ मा बेपत्ता भएकी एक बालिकाको फेरि खोजि सुरु भएको छ । हराएको २१ वर्षपछि फेरि भेटिने आशमा उनको खोजि सुरु भएको हो । जापानको गुनमाबाट १९९६ जुलाई ७ तारिखका दिन ४ वर्षीय बालिका युकारी योकोयामा बेपत्ता भएकी थिइन् ।

केही समय उनको खोजि गरिए पनि पत्ता लाग्न नसकेपछि प्रहरीले फाइल बन्द गरेको थियो ।

अहिले फेरि उनका आफन्तको आग्रहमा प्रहरीले बेपत्ता सम्बन्धी फाइल खोलेको छ ।

प्रहरीले ती बालिकाको अहिलेको सम्भावित अनुहारको स्केच समेत सार्वजनिक गर्दै कतै कसैले देखेमा खबर गर्न आग्रह समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?