किन गर्दैछन् ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिलाई टेलिफोन ?

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीन र जापानका नेताहरुसँग फोनवार्ता गर्ने भएका छन् ।
उनले आइतबार गर्न लागेको फोनवार्ताको विषय हालैका दिनमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका साथै सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा जारी अशान्ति रहने छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो विषयमा जानकारी दिएको छ । उनले चीनसँग विशेषगरी उत्तर कोरियाका विषयमा नै फोनमा कुराकानी गर्ने बताइएको छ ।

उत्तर कोरियाको एक अन्तर्राष्ट्रिय सहयोगीका रुपमा चीन रहेकोले उसका कारण सो वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि सहयोग पुग्न सक्ने अनुमान गरिएको अमेरिकी भनाई रहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेसँग फोनवार्ता गर्ने बताइएको छ ।

अमेरिकी समयअनुसार आइतबार साँझ ८ बजे उनले जापनी प्रधानमन्त्री आबे र ८ः४५ मा चिनियाँ राष्ट्रपति चिनफिङसँग वार्ता गर्ने ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?